अमेरिकाको छेउमै रुसको शक्ति प्रदर्शन, क्युबा पुग्यो रुसी युद्धपोत

डिसी नेपाल
३१ जेठ २०८१ १४:२०
112
Shares

काठमाडौं । रुसी नौसैनिक जहाजको एउटा फ्लीट क्युबा पुगेको छ । क्युबा नजिक रुसी युद्धपोतको आगमनलाई रुसको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । युक्रेन युद्धका कारण पश्चिमी देश र रुसबीच तनाव बढेको छ ।

अमेरिकी अधिकारीहरूले ती जहाजहरूमा नजर राखेको बताएका छन्। तर, अमेरिकाले पनि यी जहाजहरूले अमेरिकालाई तत्काल कुनै खतरा नरहेको बताएको छ ।

क्यारेबियन देश क्युबा पुग्नुअघि यी जहाजहरूले एट्लान्टिक महासागरमा मिसाइल प्रहार गर्ने अभ्यास पनि गरेका थिए।

यी जहाजहरूमा एक फ्रिगेट र एक आणविक संचालित पनडुब्बी पनि समावेश छन्।

क्युवा र रुसबीच बलियो द्विपक्षीय सम्बन्ध छ। यी जहाजहरू आगामी पाँच दिनसम्म हवाना बन्दरगाहमा रहनेछन्।

यो बन्दरगाह फ्लोरिडाको अमेरिकी नौसेना एयर स्टेसनबाट मात्र १६० किलोमिटर टाढा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *