अजित डोभाल फेरि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार बने, क्याबिनेट मन्त्री बराबरको हैसियत
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि अजित डोभाललाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ ।
मन्त्रिपरिषद्को नियुक्ति समितिको आदेश अनुसार, अजित डोभाल जुन १०, २०२४ देखि देशको नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार हुन्।
उनको नियुक्ति प्रधानमन्त्रीको कार्यकाल सकिँदा वा अर्को आदेश नआएसम्म कायम रहनेछ । आदेश अनुसार अजित डोभालले क्याबिनेट मन्त्रीको हैसियत पाउनेछन्। अजित डोभाललाई ३० मे २०१४ मा राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment