इरान र स्वीडेनबीच कैदी आदानप्रदान लगभग पूरा
काठमाडौं । इरान र स्वीडेनबीच सुरु भएको कैदी आदानप्रदान लगभग अन्त्य हुन लागेको छ ।
यससँगै इरानी न्यायिक अधिकारी हमिद नौरी तेहरान र स्विडेनी कूटनीतिज्ञ जोहान फ्लोडेरस र दोहोरो नागरिक सईद अजीजी स्टकहोम फर्कनेछन्।
कैदी आदानप्रदानको यो प्रयासमा मध्यस्थता गरिरहेको ओमानले तीनै जना पहिले मस्कट पुग्ने बताएको छ ।
हमिद नुरी सन् २०१९ मा स्वीडेनमा पक्राउ परेका थिए । उनीमाथि सन् १९८८ मा इरानमा राजनीतिक बन्दीहरूको सामूहिक मृत्युदण्डमा संलग्न रहेको आरोप लागेको थियो।
मृत्युदण्डको सजाय कार्यान्वयनमा भाग लिएर सजाय सुनाइएका उनी पहिलो व्यक्ति थिए।
यद्यपि, इरानले सामूहिक मृत्युलाई औपचारिक रूपमा स्वीकार गरेको छैन।
दुवै स्विडेनी नागरिक सन् २०२२ र २०२३ मा इरानको भ्रमणका क्रममा पक्राउ परेका थिए ।
हमिद नुरीलाई सजाय सुनाइएपछि स्वीडेन र इरानबीचको सम्बन्धमा चिसोपन आएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment