पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ-एमालेसँगको कुराकानी सकारात्मक छ

डिसी नेपाल
१७ असार २०८१ १७:३७
144
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सम्बन्ध सुमधुर रहेको बताएका छन् ।

आफ्नै निवास बुढानिलकण्ठमा जारी कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता बारे बिफ्रिङ गर्दै एमालेसँगको सम्बन्ध सुमधुर रहेको र अहिले नै धेरै टिप्पणी नगर्न आग्रह गरेका छन्।

बैठकमा देउवाले ओलीसँग भएको कुराकानीको ब्रिफिङ गर्दै सकरात्मक कुराकानी भइरहेको बताएको बैठकमा सहभागी एक पदाधिकारीले बताए।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस-एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *