बुटवल–पाल्पा सडकखण्ड भासिएपछि बुधबार राति बन्द गरेर निर्माण गरिँदै
बुटवल। बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोला नजिकै सडक भासिएपछि बुधबार राति बन्द गरेर मर्मत गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएपछि बुधबार राती ९ बजेदेखि अर्कोदिन बिहान ६ बजेसम्म सडक बन्द गरेर मर्मत गरिने भएको छ।
उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको छ। यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिदा यात्रुले एक हप्ता बढी सास्ती भोग्नु परेको थियो। अहिले सडक एकतर्फी मात्र संचालनमा रहेकोले बुधबार राती पूर्ण रुपमा सडक बन्द गरेर मर्मत गरिने जानकारी दिइएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment