४५ आप्रवासी र शरणार्थी बोकेको डुंगा यमनको तटमा दुर्घटना
काठमाडौं । यमनको तटीय क्षेत्रमा ४५ आप्रवासी र शरणार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । गत महिना पनि यमनको दक्षिणी तटमा यस्तै घटना भएको थियो ।
संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले यमनको तटमा डुङ्गा पल्टिएको र ४५ आप्रवासी र शरणार्थीमध्ये चार जना मात्रै बाँचेको बताएको छ।
एक विज्ञप्ति अनुसार, तीव्र हावा र ओभरलोड कार्गोका कारण लाल सागरको दक्षिणमा रहेको ताइज प्रान्तको तट नजिकै बुधबार राति जहाज पल्टिएको थियो।
एजेन्सीले थप जानकारी दिएको छैन तर बाँकी मानिसहरूलाई मद्दत गर्न आफ्ना सहकर्मीहरूसँग मिलेर काम गरिरहेको बताएको छ।
यो घटनाले यमन र अफ्रिका बीचको खतरनाक यात्रालाई उजागर गरेको पनि विज्ञप्तिमा भनिएको छ ।
गत महिना पनि एडेनको खाडी नजिक सोमालियाबाट आएको डुङ्गा पल्टिँदा इथियोपिया र सोमालियाका ५६ आप्रवासीको मृत्यु भएको थियो भने १४० जना बेपत्ता भएका थिए । मृत्यु हुनेमा ३१ महिला र ६ बालबालिका रहेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment