राहुल द्रविडका छोरा समित भारतको यू-१९ टिममा
काठमाडौं।। भारतीय टोलीका पूर्व प्रशिक्षक राहुल द्रविडका छोरा समित द्रविड भारतीय अन्डर १९ टोलीमा छनोट भएका छन्। उनी अष्ट्रेलियाविरुद्धको घरेलु सिरिजका लागि छनोट भएका हुन्।
शनिबार बिहान भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को छनोट समितिले एकदिवसीय र चार दिवसीय टोलीको घोषणा गरेको हो।
उत्तर प्रदेशका मोहम्मद अमानलाई एकदिवसीय टोलीको कप्तानी दिइएको छ भने मध्य प्रदेशका सोहम पटवर्धनलाई ४ दिने सिरिजमा भारतीय टोलीको कप्तानी दिइएको छ। यो सिरिज २१ सेप्टेम्बरबाट सुरु हुनेछ। जसमा ३ एकदिवसीय खेल पुडुचेरीमा र २ चारदिवसीय खेल चेन्नईमा हुनेछन्।
दुवै टोलीमा समित द्रविडलाई मौका दिइएको छ। १८ वर्षका फास्ट बलिङ अलराउन्डर समित कर्नाटकको महाराजा ट्रफीमा मैसूर वारियर्सबाट खेलिरहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment