कविता : आँसु नभएको भए
रित्तै हुन्थे सुन्दर आँखा
आँसु नभएको भए
भिज्दैनथ्यो कहिल्यै परेली
आँसु नभएको भए
जति चोट लागे पनि
जति दु:ख परे पनि
जति वियोगमा डुबे पनि
जति हृदय जले पनि
जति मन पोले पनि
त्यो दन दन पीँडाको ज्वाला निभाउन
असमर्थ हुन्थ्यो आँखा
आँसु नभएको भए
साख्खै आफ्ना आफन्तकै
नराम्रो वचनले घोच्दा
साना तिनो झगडाले
उग्र रूप लिइ मन पोल्दा
सोच्दै नसोचेको असामायिक
घटना घटिदिदा
बररर झार्दैनथ्यो आँखा
आँसु नभएको भए
धनि र गरिब भनि
छोरा र छोरी भनि
आफ्नै कोखका सन्तानलाई
बाबु आमाले छुट्टाउदा पनि
मातापितालाई आफ्नै सन्तानले
वृद्धाश्रम पुर्याउदा पनि
भिज्दैनथ्यो आँखा
आँसु नभएको भए
रसाउदैनथ्यो कहिल्यै गह
आँसु नभएको भए
बहदैनथ्यो थोपा थोपा गालामा
आँसु नभएको भए
लस एन्जेलस
No ads found for this position
प्रतिक्रिया


Facebook Comment