विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति र खेल हुने स्थान तय

डिसी नेपाल
१८ भदौ २०८१ १६:३६
2.0k
Shares

काठमाडौं। आइसीसीले विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति तय र खेल हुने स्थान तय गरेको छ।

आइसीसीले जारी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल २०२५ को जुन ११ देखि १५ सम्म ईङल्याण्डको लर्ड्स मैदानमा हुने भएको छ। त्यस्तै आवश्यक परेमा जुन १६ लाई रिजर्भ डे को रुपमा प्रयोग गर्न सकिने आइसीसीले जनाएको छ।

यस अघि २०२१ र २०२३ मा पनि टेस्ट च्याम्पियनसिपको फाइनल खेल ईङल्याण्डमा नै खेलिएको थियो । २०२१ मा साउथहम्पटनमा र २०२३ मा द ओभल मैदानमा खेलिएको थियो।

आइसीसीको टेस्ट च्याम्पियनसिपको फाइनलमा शिर्ष स्थानमा रहेका दुई देश बीच हुने छ । अहिलेसम्म शिर्ष दुई स्थानमा भारत र अस्ट्रेलिया रहेका छन्।

टेस्ट च्याम्पियनसिपको पहिलो संस्करण न्यूजील्याण्डले जितेको थियो भने दोस्रो संस्करण अस्ट्रेलियाले जितेको थियो । दुवै संस्करणमा उपविजेता भने भारत रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *