लघुकथा : विद्रोह
“व्यर्थै राजनीति गरिएछ। नेताहरुको आचरण र व्यवहार देख्दा पनि पछुतो लागेर आउँछ। संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समावेशीता सबै जनता झुक्याएर नेताले मात्र राष्ट्रिय ढुकुटीमा हालि मुहालि गर्नु रहेछ कि के हो?”
वर्तमान राजनैतिक गतिविधि माथि टिप्पणी गर्दै हुनुहुन्थ्यो जेष्ठ नागरिक समाज सुन्दरहरैंचाका अध्यक्ष रामकुमार कार्की। म उहाँको छेउमै बसेर चिया पिइरहेको थिएँ। मैले केही जवाफ फर्काइन। फर्काउने लायकको जवाफ नै म सँग थिएन। उही निरासा, असन्तुष्टी र उही कुण्ठा त थियो म सँग पनि।
भोला सर आइपुग्नु भएकै थिएन। उहाँको पनि लगभग असन्तुष्टी कै कुरा हुन्छन्। बिहानको समय। चिया गफमा गफिने विषय वस्तुहरु अन्य पनि होलान्। तर प्राथमिकता राजनीतिले पाइरहेको छ। कोही पनि सन्तुष्टीको कुरा गर्दैन। कसरी आयो सबैमा फ्रस्टेशन? चिया पसले जतनपुरे पोखरेल माल्दाइ पनि कडा स्वरमा असन्तुष्टी पोख्नु हुन्छ।
किन बढ्यो वेतिथि र भ्रष्टचार? परिवर्तनले जनतामा उत्साह जगाउनु पर्ने। नेताहरु आदरणीय हुनु पर्ने। आस्थाका प्रतीक हुनु पर्ने। तर त्यसो हुन सकि रहेको छैन। नेता जनताको आँखाको कसिंगगर जस्तै बने। खुलेआम नेताहरुको उछितो काट्दा पनि नेताहरुको व्यवहारमा परिवर्तन आउन सकेन।
नेताहरुको गाली गलौजमा सामाजिक सञ्जाल पूरै रङगिएका छन्। के भन्ने? के नभन्ने? मान्छेले कुनै हेक्का राख्न सकेन। देश सिस्टममा चलेको छैन्। मानिसहरु चरम निराशामा छन्। निराशा विद्रोहमा परिणत हुन के बेर? यसको जिम्मेवार को? नेताकि, नीतिकि कार्यशैली?
सुन्दरहरैचा-६, दुलारी मोरङ
No ads found for this position


Facebook Comment