गृहसचिव दुवाडीद्वारा पद बहाली
काठमाडौं। गोकर्णमणि दुवाडीलाई आज पदबहाली गरेका छन्।
उनी यसअघि राष्ट्रिय तथ्यांक कार्यालयमा सचिव थिए। यसअघिका सचिव एकनारायण अर्याल मुख्यसचिव बन्नुभएपछि गृहसचिव खाली थियो।
दुवाडीले यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवका रुपमा पनि काम गरिसकेका छन्। पदबहालीपछि शान्तिसुरक्षालाई प्रभावकारी बनाउन तथा सेवा प्रवाहलाई चुस्त पार्न निर्देशन दिएका थिए।
उनलाई गृहमन्त्रालयका कर्मचारीसहित नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, विप्द प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललगायत मातहतका निकायका अधिकारीहरुले मन्त्रालमा स्वागत गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment