एन्फा महिला लिगमा एपिएफ विजयी

डिसी नेपाल
२२ भदौ २०८१ १७:०२
52
Shares

काठमाडौं। राजधानीमा जारी एन्फा महिला लिगमा नेपाल एपिएफ क्लब विजयी भएको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा विभागीय टोली एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

एपिएफका लागि सविता राना मगरले पहिलो हाफको इन्जुरी समयमा र गीता रानाले खेलको ६७ औं मिनेटमा गोल गरेकी थिइन् भने आर्मीका लागि एकमात्र गोल विमला चौधरीले खेलको ५६ औं मिनेटमा गरेकी थिइन्।

जारी लिगमा एपिएफको यो पहिलो जित हो। पहिलो खेलमा एपिएफ पुलिस क्लबसँग बराबरीमा रोकिएको थियो। आर्मीले भने यसअघि संकटा क्लबलाई पराजित गरेको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *