भारतको राष्ट्रिय टिमको प्रशिक्षण छाडेका राहुल द्रविड राजस्थान रोयल्सको मुख्य प्रशिक्षक

डिसी नेपाल
२३ भदौ २०८१ १२:०९
56
Shares

काठमाडौं । राहुल द्रविड आईपीएल फ्रेन्चाइजी राजस्थान रोयल्सको मुख्य प्रशिक्षक हुनेछन्।

राहुल द्रविडले राजस्थान रोयल्सको नयाँ रणनीति बनाउन राजस्थान रोयल्सका निर्देशक कुमार संगकारासँग मिलेर काम गर्नेछन्। द्रविडले सन् २०११ देखि २०१५ सम्म पाँच सिजन राजस्थान रोयल्ससँग काम गरेका छन्।

आफ्नो नयाँ इनिङ्सको घोषणा गर्दै राजस्थान रोयल्सले सोसल मिडिया प्लेटफर्म एक्समा लेख्यो, “भारतका लागि विश्व कप जिताउने महान प्रशिक्षक राहुल द्रविड राजस्थान रोयल्समा सनसनीपूर्ण पुनरागमन गर्न तयार छन्।”

राजस्थान रोयल्समा आफ्नो नयाँ इनिङ्सको घोषणा गर्दै द्रविडले भने, “मलाई लाग्छ यो चुनौती लिनको लागि सही समय हो। र रोयल्स यसको लागि उपयुक्त ठाउँ हो।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *