राखेप निर्देशक चयनमा विवाद: उपनिर्देशक संगीना वैद्यको राजीनामा

डिसी नेपाल
२४ भदौ २०८१ १०:१६
56
Shares

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपनिर्देशक संगीना वैद्यले आफ्नो पदबाट राजीनामा दिएकी छन्। निर्देशक चयन प्रकृया अपारदर्शी र परम्पराविपरीत भएको भन्दै वैद्यले राजीनामा दिएकी हुन्।

राखेपका तत्कालीन निर्देशक प्रचण्ड शर्माको भदौ १९ गते अवकाश भएछि उपनिर्देशकबाट निर्देशकमा बढुवा गर्ने परम्परा रहेको थियो। अहिले संगीनासँगै ओलम्पियन विष्णुबहादुर सिंह उपनिर्देशक रहेका छन् । तर राखेपका सदस्य सचिव टंकलाल घिसिङले कराते प्रशिक्षक सोभितराज प्रसाईलाई सो जिम्मेवारी दिएपछि वैद्य असन्तुष्ट बनेकी हुन्।

ओलम्पिकमा छनोट हुने नेपालको पहिलो महिला खेलाडी रहेकी संगीना २०५२ भदौ ३० गते राखेप प्रवेश गरेकी हुन्। वैद्यको २०६३ पुष २१ मा र प्रसाईको २०६४ पुष २७ मा बढुवा भएको थियो । वरिष्ठलाई नजर अन्दाज गरेर सदस्य सचिव घिसीङले जिम्मेवारी दिएपछि वैद्यले राजीनामा दिएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *