अमेरिकामा अलाबामाको बर्मिङ्घममा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु

डिसी नेपाल
७ असोज २०८१ १२:२२
24
Shares

काठमाडौं । अमेरिकाको अलाबामा राज्यको बर्मिङ्घममा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

बर्मिंघमका प्रहरी अधिकारी ट्रुमन फिट्जगेराल्डले शनिबार साँझ शहरको दक्षिणी पाँच प्वाइन्ट साउथ डिस्ट्रिक्टमा सामूहिक गोलीबारीको यो घटना भएको बताएका छन्।

“धेरै व्यक्तिहरूले एकैचोटि मानिसहरूको समूहमा गोली हाने,” फिट्जगेराल्डले भने।

घटनास्थलबाट प्रहरीले तीन जनाको शव फेला पारेकोमा एक महिला र दुई पुरुष रहेको उनले जानकारी दिए । अस्पतालमा एक जनाको मृत्यु भएको छ । यो व्यक्तिलाई गोली लागेको थियो।

घटनाका सम्बन्धमा उनले आक्रमण गर्ने बन्दुकधारी पैदल हिडेका थिए वा कारमा बसेर घटनास्थलमा पुगेका थिए भन्ने खोजी भइरहेको जानकारी दिए । यस प्रकरणमा अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।

घाइतेहरूको बारेमा जानकारी दिँदै फिट्जगेराल्डले भने, “यो क्षेत्रमा धेरै मानिसहरु छन् जसलाई गोली लागेको छ। मैले अहिलेसम्म प्राप्त गरेको जानकारी अनुसार ती मध्ये चार जनाको अवस्था गम्भीर छ।”

अमेरिकामा गोलीकाण्डका घटनाको जानकारी सङ्कलन गर्ने गन वाइलेन्स आर्काइभका अनुसार अमेरिकामा यो वर्ष अहिलेसम्म ४ सय गोली हानाहान भएका छन् । यस डाटाबेसमा, सामूहिक गोलीबारीलाई एक घटनाको रूपमा परिभाषित गरिएको छ जसमा चार वा बढी व्यक्ति घाइते हुन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *