धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार
फाइल फाेटाे
काठमाडौं। धादिङको चिरौदीस्थित पृथ्वी लोगमार्गमा सुख्खा पहिरो जादा कार पुरिएको छ।
कारमा सवार ४ जनाको सकुशल उद्धार गरी बैरेनी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
सुख्खा पहिरोले सडक अहिले दुइतर्फी अवरोध रहेको छ। अहिले दुई वटा जेसिबीले पहिरो हटाउने कार्य गरिरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment