कविता : पोखिएका आँशुहरू

दिनेश घिमिरे
१२ असोज २०८१ ८:५१
100
Shares

समयहरू आफैसँग यसै यसै दुखिरहन्छन्
आखाँहरू आफ्नैलागि प्रश्नहरू बनिदिन्छन्
आँशुहरू जुनसगै बाटोहरूमा खसिदिन्छन्
कसरी पो सगाल्नु खै पोखिएका आँशुहरू।

कसले रोकीदेला हिजोको मिठो समय
सँगसँगै आफ्नो जीवन सम्हाल्नु थियो
आफ्नै सपनाहरू असरल्ल भइदिन्छन्
सगाँल्दा सगाँल्दै आँशुहरू बगिदिन्छन्
कसरी मिलाउनु खै पोखिएका आँशुहरू।।

कसले राखिदेला पोखिएका आँशुहरू
ब्यथाहरूको सागर बनाउनु थियो
पल पलको जीवनका बिषयहरूमा
आफ्नै समयको गति मिलाउनु थियो।

कोही छन कि कतै आफैंभित्र समेटिने
पोखिएका आँशुहरू आफैंमा मिलाउनु थियो
कोही छन कि कतै ब्यथाहरू राखिदिने
आफ्नै आँशुहरू आफैंभित्र बगाउनु थियो।

पोखिएकाआँशुहरूमा बेदनाको सागर थियो
कोही छन कि बुझि दिने आफैंसँग बग्नु थियो
आफैं भित्र आँशुहरू हावासगै बगिरहन्छन्
आखाँहरूको प्रतिक्षामा आँशुहरू कुरिरहन्छन्।

विरूवा, भक्तपुर


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *