एन्फा एकेडेमीका छ विद्यार्थी पहिरोमा पुरिएको आशंका
फाइल तस्वीर
मकवानपुर। इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका छ जना विद्यार्थी आज बिहानैदेखि सम्पर्कविहीन भएका छन्।
कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु बेपत्ता भएका हुन्। उनीहरु पहिरोमा पुरिएका हुनसक्ने सिस्नेरी प्रहरी चौकीका प्रमुख भोषराज न्यौपानेले बताए। उनीहरुको खोजी जारी छ।
एन्फाले गत वर्षदेखि उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment