बाढी हेर्न खोलामा जाँदा…..
महोत्तरी। बाढीको चपेटामा परी यहाँका दुई युवकले ज्यान गुमाएका छन्। सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास-१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन्भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए।
यसैबीच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ। रोहित साहसँगै उनी पनि बाढी हेर्न गएकी थिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment