बाढी र डुबानपछिको काठमाडौं (फोटो फिचर)
काठमाडौं। गत बिहीबारदेखिको अविरल वर्षाले बाढीपहिरो र डुबानले देशभर वितण्डा मच्चायो। लगातार तीन दिनदेखिको वर्षापछि देश नै डुबान, बाढी र पहिरोले क्षतविक्षत छ।
विगतको तुलनामा यस वर्ष अत्यधिक वर्षा हुँदा विपद्जन्य घटनाहरुमा वृद्धि भइरहेका छन्। धेरै मानवीय र भौतिक क्षति पनि नेपालले व्यहोरिरहेको छ।
काठमाडौंमा उपत्यकामा पनि भारी वर्षापछि बाढी र डुबानले धेरैको ज्यान लियो। बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आउँदा नागरिकहरुलाई बगायो। धेरैको उद्धार भए पनि केही मानिसको ज्यान गएको छ। नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालयमा बाढी पसेर जनजीवन अस्तव्यस्त बन्यो।
विपद्बाट आज अपराह्नसम्म काठमाडौं उपत्यकामा मात्रै ८२ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल नेपालको तथ्यांकानुसार काठमाडौंमा ५२, ललितपुरमा २५ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ।
बाढीपहिराका घटनामा परी काठमाडौंमा दुई, भक्तपुरमा एक र ललितपुरमा १२ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी छ। विपद्का घटनाबाट काठमाडौंमा १५ र ललितपुरमा दुई जना घाइते भएका छन्।












तस्वीर: रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment