बालकथा : बुद्धिमान शिव

भावना घिमिरे
१५ असोज २०८१ १४:०७
508
Shares

`खाेलाकाे किनारमा घर बनाउनु हुन्न। खाेलाकाे किनारा पानीकाे हाे। मान्छे हिँड्ने बाटामा केही अवराेध आयो भने मान्छेले बाटाेबाट मिल्काउँछ। हाे, त्यस्तै पानीले पनि आफ्नो बाटामा आएको अवरोधलाई मिल्काउँछ, र बग्छ।`

स्कुलमा गुरूआमाले पढाएकाे याे कुरा शिवकाे मनमा खुब गढेकाे थियाे। शिवका बाबाले आफ्नो जग्गा खोला तिर बढाउँदै थिए। बाबाकाे याे काम उसलाई पटक्कै मन परेकाे थिएन। अझ बाबाले खाेला नजिक घर बनाउने याेजना सुनाउँदा शिव हैरानीमा हुन्थ्याे।

राजुका बाबाले भने खाेलाकाे नजिकै घर बनाएका थिए। राजु निकै मख्ख थियो। फरी अर्को दिन गुरूआमाले वर्षामा आउने बाढीपहिराे र त्यसले ल्याएको बिनाशका बारेमा `खोलाका किनारा मिचेर बनाएका घरले प्राकृतिलाई कुरूप बनाउने। वातावरणीय असन्तुलन ल्याउने र अन्तमा एक दिन बाढीले घर बगाउने,´ बताउनु भयाे।

उहाँले मान्छेलाई समेत बाढीले बगाउने बताउनु भयाे। अझ एकपटककाे वर्षामा बस्तीमा बढी पसेर धेरै मान्छे मरेकाे कुरा पनि गुरू आमाले सुनाउनु भयो।
गुरू आमाका कुरा सुनेको शिवलाई घर पुग्न हतार भयो। स्कूल छुट्टी भए पछि हतारहतार घर गएर आमालाई बगर तिर सारेको जग्गा छाेड्न आग्रह गर्‍याे। आमाले उल्टो गाली पो गर्नु भयो।

साँझ बाबालाई खोलाको किनाराको जग्गा छाेडेर रूख राेप्न निकै सम्झायो। बाबाले पनि उसका कुरा सुन्नु भएन। केही दिन पछि लगातार दुई दिन सम्म पानी पर्‍याे। खोला किनारामा बसेको वस्तीमा बाढी पस्याे। राजु लगायतका धेरैका घर बाढीले ढाल्याे। धेरै मानिस वेपत्ता भए। धेरै मानिस हताहत भएका समाचारहरू आए। समाजमा खैलाबैला भयो।

बाबाले खाेला किनारा तर्फ बनाएकाे जग्गामा त खाेलाे बग्याे। खाेलाका किनार त चिन्नै नसकिने भए। यस पछि शिवका बाबाले शिवलाई अंगालो मारेर धेरै बेर मौन बसे। छोराको बुद्धि देखेर आमा रोइन्।

खोला किनारा हडप्नु हुन्न भन्ने कुरामा शिब स्कूलमा पनि वहस गरिरहन्थ्याे। वर्षामाकाे बाढी र त्यसले पुर्‍याएकाे ठूलाे क्षति पछि स्कूलमा शिबकाे गुरूआमाले निकै चर्चा गर्नु भयो। स्कूलम शिव त `हिरो´ बन्यो।

अहिले शिबलाई ऊ बस्ने नगरपालिकाले वातावरण विषय पढ्न छात्रवृत्ति दिएको छ। शिवलाई वातावरण बिषय पढ्न खुब रहर पनि थियाे।
राजुले पनि आजभोलि शिवलाई मिल्ने साथी बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *