काभा भलिबलमा नेपाल विजयी
काठमाडौं। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ ।
श्रीलङ्काको कोलम्बोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो। नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–५, दोस्रो सेट २५–१२ तथा तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो।
जितसँगै नेपालले तीन खेलमा ६ अंक जोडेको छ। यसअघि पहिलो खेलमा नेपाल श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
त्यस्तै दोस्रो खेलमा उज्वेकिस्तानसँग नेपाल ३–१ सेटमा पराजित भएको थियो। तीनै खेलमा पराजित माल्दिभ्स अंकविहिन छ। माल्दिभ्स यसअघि तुर्किमेनिस्तान र श्रीलंकासँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो।
विभिन्न ६ टोली सहभागी उक्त प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ। अब नेपालले यही असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment