जङ्गलमा जुवा खेल्ने ५ जना पक्राउ

डिसी नेपाल
२३ असोज २०८१ १२:०२
60
Shares

दाङ। दाङको एक सामुदायिक वनमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित ५ जनालाई पक्राउ गरेको छ।

मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ कुटिचौर शान्ती कर्मकोट सामुदायिक वनभित्र मानिसहरूले जुवा खेली रहेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले छापा हानेको थियो।

पक्राउ पर्नेमा रोल्पा परिवर्तित गाउँपालिका २ बस्ने २८ वर्षिय हिमाल वली, घोराही उपमहानगरपालिका १२ बस्ने ३३ वर्षिय जिवराज रावत, ९ बस्ने ३७ वर्षिय केशव शाह, १३ बस्ने ३० वर्षिय सुर्य बोहरा, वंगलाचुली गाउँपालिका ३ बस्ने ३० वर्षिय केदार परियार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जुवाको खालबाट नगद सत्तरी हजार एकसय दश रुपैयाँ र तास खेल्न प्रयोग गरिएको तासको गड्डी ६ थान बरामद गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *