प्रधानमन्त्री ओलीले यसपटक सर्वसाधारणलाई टीका नलगाइदिने

डिसी नेपाल
२५ असोज २०८१ १२:११
112
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत बडादशैंको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन्।

‘प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनु पर्ने भएकाले पहिलेका वर्षहरूमा जस्तो यसपाली विजया दशमीको टीका उल्लासपूर्ण हुने छैन। परिवारका सदस्यहरुसँग बाहेक यसपटक टीका लगाउने कार्यक्रम राखिएको छैन ।
सबैलाई बडादशैंको शुभकामना !
जय होस्, मङ्गल होस्।

प्रधानमन्त्री ओलीले भिडियो सन्देशसँगै प्रधानमन्त्री ओलीले लेखेका छन् । अघिल्लो कार्यकालमा ओलीले प्रधानमन्त्री हुँदा सर्वसाधारणलाई टीका लगाइदिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *