भोलि विजया दशमी, टिकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा
काठमाडौं। भोलि विजया दशामी, विजया दशमीको दिन टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ।
घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत भोलि बिहान ८ बजेर ३३ मिनेटमा रहेको टिकाको उत्तम साइत भने ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
दशमीको दिन देवि दुर्गा भवानीले राक्षसको वध गरेपछि विजय उत्सवका रुपमा मनाइले दशैंमा रातो टिका र जमरा लगाउने परम्परा रहेको छ। यद्यपि केही जनजाति समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको टिका लगाउने चलन पनि छ।
ठूला वा मान्यजनको हातबाट टिका जमरा लगाएर दशैंमा आशिर्वाद थाप्ने गरिन्छ । टिका लगाउदाँ टिका लगाइदिने व्यक्ति पश्चिम र टिका लगाउने व्यक्ति पूर्व फर्कनुपर्ने धार्मिक मान्यता रहेको छ।
विजया दशमीको दिन टिकाको साइत गरेसंगै देविको प्रसादको रुपमा कोजाग्रत पूर्णिमासम्म टिका र जमरा लगाउने प्रचलन रहेको छ।
तर केही स्थानमा भने विजया दशमीको दिनमा मात्र टिका र जमरा लगाउने गरिन्छ । यस बर्ष असोज १७ गते घटस्थापनाको दिन बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत गरेर सुरु भएको दशैं कार्तिक एक गते पूर्णिमाको दिनबाट सम्पन्न हुने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment