मेसीको ह्याट्रिकसहित बोलिभियाको पोष्टमा अर्जेन्टिनाको आधा दर्जन गोल
काठमाडौं। अर्जेन्टिनाले बोलिभियाको पोष्टमा आधा दर्जन गोल गरेको छ। दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६-० गोल अन्तरले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका थिए भने लाउतारो मार्टिनेज, जुलियन अल्भारेज र थियागो अल्माडाले एक एक गोल गरेका थिए।
यस खेलमा मेसीले २ गोल असिस्ट गर्दै राष्ट्रिय टिमका लागि अहिलेसम्म ५७ गोल असिस्ट गरेका छन्। त्यस्तै मेसीले यस खेलमा तीन गोल गरेसँगै उनको राष्ट्रिय टिमका लागि कुल गोल संख्या ११२ पुगेको छ। त्यस्तै उनको क्यारियर गोल संख्या ८४६ पुगेको छ।
यो जितपछि अर्जेन्टिनाको विश्वकप छनौटमा १० खेलमा २२ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै बोलिभियाको १० खेलमा १२ अंक रहेको छ र सातौं स्थानमा रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment