पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) टिम पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ।
आगामी मङ्सिर १५ देखि सुरु हुने एनपीएलका लागि पोखराले ३० वर्षीय गौसलाई अनुबन्ध गरेको जानकारी दिएको छ। गौसले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा ५९९ रन बनाएका छन् भने ३ एकदिवसीय खेल्दा १५२ रन बनाएका छन्।
पोखराले यसअघि टोलीले इन्डियन प्रिमियर लिग (आईपिएल) मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment