एसियन तेक्वान्दोमा नेपाललाई रजत पदक
काठमाडौं। ‘छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिप’मा नेपालका अभिषेक बरालले रजत पदक प्राप्त गरेका छन्।
इण्डोनेसियाको जकार्तामा आज भएको उक्त प्रतियोगिताको पुरुष ८० किलोमुनि तौलको फाइनलमा बराल इण्डोनेसियाका खेलाडीसँग पराजित भएका थिए। यसअघि उनले फाइनल यात्रा तय गर्न इण्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई पराजित गरेका काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए।
प्रतियोगितामा २६ राष्ट्रको सहभागिता रहेको छ। प्रतियोगितामा बरालसँगै नेपालबाट १० खेलाडी सहभागी छन्। उनीसँगै ६ खेलाडी क्योरोगी तथा बाँकी चार खेलाडी पुम्सेमा सहभागी छन्। ग्योरोगीमा अभिषेक डल्लाकोटी, सुजबकुमार यादव, भीमबहादुर खड्का, वर्षा थापा र अनिश घिसिङ पदकविहीन बने।
त्यस्तै पुम्सेमा यबन्दिन दाहाल, सरोज तामाङ, कुमार तामाङ र देवराज काम्छाले शुक्रबार प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीको प्रशिक्षकमा विकेश विडारी रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment