गण्डकी हिरोज बनेर एनपीएल खेल्ने मौका

डिसी नेपाल
२ कार्तिक २०८१ १५:१५
1.5k
Shares

पोखरा। नेपाल प्रिमियर लिगको फ्रेन्चाईज टिम पोखरा एभेन्जर्सले गण्डकी हिरोजका लागि खुल्ला दर्खास्त आह्वान गरेको छ। गण्डकी प्रदेशबाट ट्यालेन्ट हन्टको रुपमा खुल्ला गरिएको छनोटबाट पोखरा एभेन्जर्सले गण्डकी हिरोज टिमका लागि खेलाडी छनोट गर्ने बताएको छ।

स्थानीय क्रिकेट र युवा खेलाडीको विकासका लागि पोखरा एभेन्जर्सले गण्डकी हिरोजको अवधारणा अघि सारेको छ। पोखरा एभेन्जर्स अन्तर्गत रहने गण्डकी हिरोजले स्थानीयसँगै प्रदेश स्तरबाट विभिन्न प्रतियोगितामा वर्षभरीनै प्रशिक्षण र प्रतिस्पर्धामा सहभागी हुनेछ।

फ्रेन्चाईज क्रिकेटमार्फत घरेलु क्रिकेट विकासमा ठोस योगदान गर्ने उद्धेश्यले गण्डकी हिरोजको अवधारणामा काम गरिएको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले बताए। ‘गण्डकीको प्रतिनिधित्व गर्दै गण्डकी हिरोज घरेलु क्रिकेटमा वर्षभरीनै क्रियाशिल रहन्छ। स्थानीय खेलाडीमा योगदान गर्न सकियोस् भनेर ग्रासरुट विकासको यो अवधारणामा काम गरेका हौं।’ उनले भने।

खुल्ला छनोटबाट गण्डकी हिरोजमा उत्कृष्ट ५ खेलाडी छानिनेछन्। छनोट भएका खेलाडीलाई पोखरा एभेन्जर्सको बन्द प्रशिक्षणमा समावेश गर्नेछ। छनोटबाट आएका उत्कृष्ट ५ मध्य एक जनाले आईकोनिक खेलाडीको रुपमा गण्डकी प्रदेशको प्रतिनिधित्व गरिरहेको पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने अवसर प्राप्त गर्नेछन्।

गण्डकी प्रदेशमा हुने ट्यालेन्ट हन्टबाट आउने एक आईकोनिक खेलाडीलाई क्लबले सम्झौता सहित एनपीएलको टिममा राख्ने एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ले बताए। ‘छनोटबाट आएका अन्य खेलाडीले पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक अन्तर्गत रहेर प्रशिक्षण र सिक्ने अवसर प्राप्त गर्नेछन् । यसबाट स्थानीय खेलाडीको समेत स्तर वृद्धि हुनेछ ।’ उनले भने।

पोखरा एभेन्जर्सले मार्की खेलाडीको रुपमा कुशल भुर्तेल र मुख्य प्रशिक्षकमा पूर्व भारतीय क्रिकेटर तथा प्रशिक्षक राजीव कुमारलाई अनुबन्ध गरिसकेको छ। पहिलो विदेशी खेलाडीको रुपमा यूएसका विकेटकिपर ब्याट्सम्यान एन्ड्रिज गुसलाई एभेन्जर्सले भित्र्याईसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *