महिला साफ च्याम्पियनसिप फुटबलः श्रीलंकाले माल्दिभ्सलाई हरायो
काठमाडौं। साफ महिला च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह बी अन्तर्गतको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गर्यो। श्रीलंकाका लागि इमिशा अनुराधिनीले १८औँ मिनेटमा गरेको गोल नै श्रीलंका जितका लागि पर्याप्त भयो। जितसँगै श्रीलंकाले तीन अंक बटुलेको छ।
सोही समूहमा रहेको नेपालले आज साँझ भुटानको सामना गर्दैछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment