न्यूजील्याण्डसँग पहिलो टेस्टमा घरेलु मैदानमा हार्याे भारत
काठमाडौं। न्यूजील्याण्डले भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेल जितेको छ।
खेलको पाँचौं दिन न्यूजील्याण्डले पाएको १०७ रनको लक्ष्य २ विकेट गुमाएर पूरा गर्दै खेल ८ विकेटले जितेको हो। न्यूजील्याण्डले भारतलाई उसको घरेलु मैदानमा करिब ३६ बर्षपछि पराजित गरेको हो। त्यस्तै पछिल्लो १० बर्षमा भारतलाई घरेलु मैदानमा पराजित गर्ने न्यूजील्याण्ड तेस्रो देश बनेको छ।
यस टेस्टमा भारत पहिलो इनिङमा ४६ रनमा समेटिएको थियो भने न्यूजील्याण्डले पहिलो इनिंगमा ४०२ रन बनाएको थियो। त्यस्तै भारतले दोस्रो इनिंगमा ४६२ रन बनाएर खेलमा हावी हुने प्रयास गरेको थियो।
यो जितपछि ३ खेलको सिरिजमा न्यूजील्याण्ड १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर २४ देखि पुणेमा हुने तालिका रहेको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment