नेपाल-अमेरिका टी- २० आई सिरिजः टस जितेर अमेरिका ब्याटिङ गर्दै

डिसी नेपाल
५ कार्तिक २०८१ ६:२७
44
Shares

काठमाडौं। नेपाल र अमेरिकाबीच टी-२० आई सिरिजको तेस्रो तथा अन्तिम खेल अहिले सुरु भएको छ। अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरीमा अन्तिम टी-२० आईमा घरेलु टोली र नेपालबीचको खेल नेपाली समय अनुसार बिहान पौने छ बजेबाट सुरु भएको हो। अमेरिकाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

तीनवटा सिरिजको अन्तिम टी-२० खेल नेपालले आज अमेरिकासँग खेल्दैछ। यसअघिको दुईवटा टी-२० खेलमा नेपालले अमेरिकामाथि जीत निकाल्दै सिरिज आफ्नो हातमा पारेपनि आजको खेल जित्दै सिरिज क्लिन स्वीप गर्ने दाउमा नेपाल रहेको छ।

यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको दुई खेलको टी-२० आई सिरिज आफ्नो पक्षमा पारेको थियो।

नेपालले अमेरिकासँगको पहिलो खेलमा १७ रनले जीत हात पारेको थियो भने हिजो भएको दोस्रो खेलमा सुपर ‌ओभरमा जीत निकाल्न सफल भएको हो । सुपर ओभरमा तीन रनको लक्ष्य पाएको नेपालले खेल सजिलै हात पारेको थियो।

हिजोको सुपर ओभरको खेलमा सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै अमेरिकालाई दुई रनमा रोक्दै दुई विकेट हासिल गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *