बिपी मेमोरियल क्रिकेट: बंगलादेशको साइक्यू र नेक्सस रूपन्देही विजयी

डिसी नेपाल
५ कार्तिक २०८१ २१:१४
44
Shares

भैरहवा। भैरहवामा जारी बिपी मेमोरियल कप टि–२० क्रिकेट प्रतियोगिता आज तेस्रो दिन भएका खेलमा बंगङ्गलादेशको साइक क्रिकेट एकेडेमी र नेक्सस रुपन्देही–११ नेपाल भैरहवामा जारी विजयी भएका छन्।

साइक क्रिकेट एकेडेमीले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ८ विकेटले पराजित गरेको हो। साइकको यो लगातार दोस्रो जित हो। श्रीलंकन टिमको लगातार दोस्रो हार। नेक्सस रुपन्देहीले पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो। प्रतियोगितामा नेक्ससको यो दोस्रो जित हो भने पाकिस्तानी टिम जावेद इन्टरनेशनल क्रिकेट एकेडेमीको लगातार तेस्रो हार हो।

आज भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा जितका लागि श्रीलङ्कन टिमबाट पाएको एक सय १३ रनको लक्ष्य बंगलादेशको साइक क्रिकेट एकेडेमीले ११ ओभरमै २ विकेट गुमाएर एक सय १८ रन बनाउँदै सहजै भेटायो। ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानको जावेद ईन्टरनेशन लक्रिकेट ऐकेडेमी १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८० रनमै समेटियो ।

कूल ८१ रनको झिनो लक्ष्य पछ्याएको नेक्सस रुपन्देहीले ११ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित निकाल्यो।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा विजेता टिमलाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *