नेइमारले कमब्याक गरेको खेलमा अल हिलाल विजयी
काठमाडौं। साउदी क्लब अल हिलालले एएफसी च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा अल हिलालले युएईको क्लब अल ऐनलाई ५-४ गोल अन्तरले पराजित गरेको हो।
अल हिलालको जितमा सालेम अल्दावसरीले ह्याट्रिक गरेका थिए भने सेर्गेज मिलिनकोभिक र रेनान लोडीले एक एक गोल गरेका थिए। त्यसैगरी अल ऐनका लागि सोउफिआने रहिमीले ह्याट्रिक गरेका थिए भने माटेओ सनाबरियाले एक गोल गरेका थिए।
यस खेलमा खेलको ८२ औं मिनेटमा अलि अल्बूलायहिले रातो कार्ड पाएपछि अल हिलाल १० खेलाडीमा सीमित भएको थियो।
यस खेलमा अल हिलालका नेइमारले एक बर्षपछि कमब्याक गरेका थिए। इन्जुरिका कारण एक बर्षदेखि मैदान बाहिर रहेका नेइमार यस खेलमा सब्स्टिच्युटको रुपमा खेलको ७७औं मिनेटमा मैदानमा प्रवेश गर्दै आफ्नो कमब्याक गरेका हुन्।
यो जितपछि अल हिलालको ३ खेलमा ९ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै अल ऐनको भने ३ खेलमा एक अंक रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment