शख्तर डोनेटस्कविरुद्ध आर्सनल विजयी

डिसी नेपाल
७ कार्तिक २०८१ ७:४९
4
Shares

काठमाडौं। युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले शख्तर डोनेटस्कलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा आर्सनलले डोनेटस्कलाई १-० गोल अन्तरले पराजित गरेको हो।

आर्सनलको जितमा खेलको २९औं मिनेटमा शख्तर डोनेटस्कका डिमीट्रो रिजनायकले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यो आर्सनलको यस सिजनको च्याम्पियन्स लिगमा दोस्रो जित हो। ३ खेलमा ७ अंक हासिल गरेको आर्सनल लिगमा चौथो स्थानमा रहेको छ। त्यस्तै शख्तर डोनेटस्कको भने ३ खेलमा केवल एक अंक रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *