इङ्ल्याण्डका सैफ सुदूरपश्चिमबाट एनपीएल खेल्ने

डिसी नेपाल
८ कार्तिक २०८१ ११:२२
44
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा इङ्ल्याण्डका ब्याटिङ अलराउण्डर सैफ जैब सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।

२६ बर्षीय ब्याटिङ अलराउण्डर जैबलाई सुदूरपश्चिमले भित्र्याएको जानकारी दिएको छ। सुदूरपश्चिमले यसअघि स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डनलाई पनि भित्र्याइसकेको छ।

दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले राष्ट्रिय टिमका पुर्व प्रशिक्षक जगत टमाटालाई मुख्य कोचमा नियुक्त गरेको छ भने अस्ट्रेलियाका पुर्व क्रिकेटर ब्राड हजलाई मेन्टर नियुक्त गरेको छ।

आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ।

अहिले सम्झौता भएका खेलाडी:

जनकपुर बोल्ट्स

-न्यूजील्याण्डका ब्याटिङ अलराउण्डर जिम्मी निशाम

काठमाडौँ गुर्खाज

– नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट

लुम्बिनी लाइन्स

– इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज

पोखरा एभेन्जर्स

– वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप
– नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
– अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस

सुदूरपश्चिम रोयल्स

-स्कटल्याण्डका ब्याटिङ अल राउण्डर ब्राण्डन म्याकुलेन
-इङल्याण्डका ब्याटिङ अलराउण्डर सैफ जैब

बिराटनगर किंग्स

– ओमानका कप्तान आकिब इलियास

कर्णाली याक्स

– पाकिस्तानका अल राउण्डर हुसैन टलात


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *