बंगलादेशविरुद्धको पहिलो टेस्टमा दक्षिण अफ्रिका विजयी

डिसी नेपाल
८ कार्तिक २०८१ १२:१०
36
Shares

काठमाडौं। दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको पहिलो टेस्टमा ७ विकेटको जित हासिल गरेको छ। टेस्टको पाँचौं दिन बंगलादेशले दिएको १०६ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

यस टेस्टको पहिलो इनिङमा बंगलादेशले केवल १०६ रन मात्र बनाएको थियो भने दक्षिण अफ्रिकाले ३०८ रन बनाएको थियो। त्यस्तै बंगलादेशले दोस्रो इनिङमा कमब्याकको प्रयास गर्दै ३०७ रन बनाएको थियो तर त्यो पर्याप्त भने भएन।

यो टेस्ट जितेर दक्षिण अफ्रिकाले २ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर २९ देखि हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *