बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

डिसी नेपाल
९ कार्तिक २०८१ ६:५२
56
Shares

काठमाडौं। म्यानचेस्टर युनाइटेडले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा टर्कीको क्लब फेनेरबाहससँग बराबरी खेलेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र फेनेरबाहसले १-१ गोलको बराबरी खेलेका हुन्।

म्यानचेस्टर युनाइटेडका लागि क्रिस्टियन एरिक्सनले खेलको १५औं मिनेटमा शुरुवाती गोल गरेका थिए भने फेनेरबाहसका लागि योउसेफ एन नेसयरीले खेलको ४९औ मिनेटमा बराबरी गोल गरेका थिए।

युरोपा लिगमा म्यानचेस्टर युनाईटेडको यो तेस्रो बराबरी हो। ३ खेलमा ३ बराबरीसहित ३ अंक हासिल गरेर युनाइटेड लिगमा २१औं स्थानमा रहेको छ। त्यसैगरी फेनेरबाहसको ३ खेलमा ५ अंक भएको छ र लिगमा १४औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *