विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा

डिसी नेपाल
१० कार्तिक २०८१ १८:०४
404
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्याण्डविरुद्ध खेल्ने आइसीसी विश्वकप लिग-२ को सिरिजका लागि टिमको घोषणा गरेको छ।

क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो। नेपाली टिममा देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ।

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने रहेका छन्।

नेपालले सिरिजको पहिलो खेल आइतबार राति अमेरिकाविरुद्ध खेल्दै छ भने अक्टोबर २९ मा स्कटल्याण्डसँग, नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *