पहिलो हाफमा भुटानविरुद्ध बंगलादेशको ५-१ गोलको अग्रता
काठमाडौं। साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनल खेल दशरथ रंगशालामा जारी रहेको छ। खेलको पहिलो हाफमा बंगलादेशले भुटानविरुद्ध ५-१ गोलको अग्रता लिएको छ।
बंगलादेशका लागि सबिना खातुन र तोहुरा खातुनले २-२ गोल गरेका थिए भने ऋतु पुर्ण चक्माले एक गोल गरेकी थिइन्।
त्यस्तै भुटानका लागि डेकी लहाजोमले एक गोल गरेकी थिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment