आइपिएल टिम लखनउले केएल राहुललाई रिटेन नगर्ने!
काठमाडौं। आइपिएल टिम लखनउ सुपर जाइन्टले आफ्ना कप्तान केएल राहुललाई रिटेन नगर्ने भएको छ। २०२२ देखि आइपिएल खेलिरहेको लखनउका उनी शुरुदेखि नै कप्तान थिए।
आइपिएलको खेलाडी रिटेन गर्ने समय अक्टोबर ३१ नजिक आउदै गर्दा लखनउले निकोलस पुरन, मयंक यादव, रवि बिश्नोईसहित अनक्याप्ड खेलाडी मोहसिन खान र आयुष बदोनीलाई रिटेन गर्ने भएको छ।
मिडिया रिपोर्टका अनुसार अन्तिम समयमा लखनउले रणनीति परिणत गरेमा अक्सनमा राहुललाई राइट टू म्याच कार्डबाट लिने बताइएको छ।
लखनउको पाँच खेलाडीलाई रिटेन गर्दा करिब ५१ करोड घट्ने भएको छ। आइपिएलको मेगाअक्सनमा हरेक टिमलाई १२० करोडको पर्स दिइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment