काठमाडौं महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने
काठमाडौं। काठमाडौं महानगरले साफ महिला च्याम्पियनसिपको आज हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल देखाउने व्यवस्था गरेको छ।
महानगरले फाइनल खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन रहेकोले टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ।
महानगरले खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment