साफ महिला फाइनलः पहिलो हाफमा गोलरहित बराबरी

डिसी नेपाल
१४ कार्तिक २०८१ १९:२५
244
Shares

काठमाडौं। दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोलीले केहि अवसर पाएपनि गोल भने गर्न सकेनन्।

सन् २०१० मा बंगलादेशबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन। यसअघि पटक पटक फाइनलसम्म पुगे पनि नेपाल उपविजेतामै चित्त बुझाउन बाध्य बनेको थियो। नेपालले साफ महिला च्याम्पियनसिपमा चार पटक भारतसँग तथा एक पटक बंगलादेशसँग फाइनलमा पराजित भएको थियो।

यसपटक भने घरेलु मैदानमा अघिल्लो संस्करणमा बंगलादेशसँगको हारको बदला लिन चाहन्छ। नेपाल र बंगलादेश दुवै अपराजित रहँदै साफको फाइनल पुगेका हुन्। नेपालले भारत र बंगलादेशले भुटानलाई हराउँदै प्रतियोगिताको फाइनल यात्रा तय गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *