म्यानचेस्टर सिटी कारबाओ कपबाट बाहिरियो
काठमाडौं। म्यानचेस्टर सिटी कारबाओ कपबाट बाहिरिएको छ।
गएराति सम्पन्न राउण्ड १६ को खेलमा म्यानचेस्टर सिटी टोटनह्यामसँग २-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
टोटनह्यामको जितमा टिमो वेर्नर र पापे मटार सारले एक एक गोल गरेका थिए भने सिटीका लागि माथ्युस नुनेजले एक गोल गरेका थिए। यो जितपछि अब टोटनह्यामले क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्ने भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment