धामीको कप्तानीमा एशिया कप खेल्ने पुरुष यू-१९ क्रिकेट टिमको घोषणा

डिसी नेपाल
२४ कार्तिक २०८१ १७:१६
140
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप खेल्ने पुरुष यू-१९ क्रिकेट टिमको घोषणा गरेको छ।

क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ। यू-१९ टिमको मुख्य प्रशिक्षक शक्ति गौचनलाई बनाइएको छ भने सहायक प्रशिक्षकको जिम्मेवारी धिरेन्द्र चन्दलाई दिइएको छ।

एशिया कप खेल्ने नेपाली टिममा हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), आकास त्रिपाठी, उत्तम रंगु थापा मागर, मायान यादव, नरेन साउद, उनिश विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलशाद अली र रंजित कुमार रहेका छन्।

मंसिर १४ देखि २३ गतेसम्म (नोभेम्बर २९ देखि डिसेम्बर ८) हुने यू-१९ एशिया कपमा नेपालसहित आठ देशले भाग लिदै छन्।

एकदिवसीय फर्म्याटमा हुने प्रतियोगिताको आयोजना युएईले गर्दै छ। एसीसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन्। जसमा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए भने नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए। गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो।

प्रतियोगितामा सहभागी ८ देशलाई २ समूहमा विभाजन गरिएको छ। नेपाल समूह बी मा रहेको छ। नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्।

त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन्।  हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।  नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *