पोखरा विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान

डिसी नेपाल
२५ कार्तिक २०८१ ९:४५
28
Shares

काठमाडौँ । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ ।

विश्वविद्यालयको रिक्त उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको हो ।

समितिले आज एक सूचना जारी गदै इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची–१ मा उल्लेख गरिएको ढाँचामा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेस गर्न आह्वान गरेको छ ।

दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ। साथै अनलाइन माध्यमबाट पनि आवेदन दिन सकिने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *