नेपालले थाइल्याण्डलाई दियो १४० रनको लक्ष्य
काठमाडौं। नेपालले यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत थाइल्याण्डलाई १४० रनको लक्ष्य दिएको छ।
दुबईस्थित द सेभेन स्टेडियममा पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो। नेपालका लागि साना प्रवीनले अर्धशतक बनाइन्।
प्रतियोगितामा नेपालले ३ खेलमा २ जित र एक हार बेहोरेको छ। अंक तालिकामा नेपाल ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ।
नेपालले यसअघि थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो। त्यस्तै थाइल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ। नेपालले यस प्रतियोगितामा बुधबार कुवेतसँग र बिहिबार युएईसँग खेल्ने तालिका रहेको छ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्। डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment