छाला नपाउँदा मादल बनाउन समस्या

डिसी नेपाल
३० कार्तिक २०८१ ७:२५
72
Shares

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै थएि। मादल बनाउने उनको दैनिकी नै हो।

६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर यो पेसा सुरु गरेका हुन्। बच्चादेखि नै बुबालाई सघाउँदै जाँदा उनले मादल बनाउन सिके। पुख्र्याैली पेसालाई निरन्तरता दिन आफूले यो पेसालाई अवलम्बन गरेको सार्कीले बताए। तर केही समययता मादल बनाउन छाला नपाउँदा उनलाई समस्या हुन थालेको छ।

नारायणगढ, कावासोती, पुट्टारलगायत ठाउँमा पुगेर छाला खोजेर ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए। शुक्लागण्डकी नगरपालिका–९ मा गौ संरक्षण केन्द्रमा मरेका गाइका छाला त्यत्तिकै फालिएका अवस्थामा रहेको र पैसा तिरेर छाला खरिद गर्न पाए सहज हुने उनको भनाइ छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *