सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न सुदूरपश्चिम रोयल्सका अष्ट्रेलियन खेलाडी ‘मेन्टर’ ब्राड हज आज आइपुगेका छन्।
उनलाई त्रिभुवन विमानस्थलमा सुदूरपश्चिम रोयल्स टोलीका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गरे। खेलाडीको भूमिकामा विश्व च्याम्पियन अष्ट्रेलियाबाट खेलेका उनीसँग विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ।
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्रसिंह ऐरी रहेका छन्। मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। रोयल्सले आफ्नो कोटाका चार विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ। ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इङ्ग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई)लाई टिममा समावेश गरेको छ।
त्यस्तै टोलीमा आरिफ शेख, अविनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठलाई अक्सनमार्फत टिममा भित्र्याएको थियो। ‘ट्यालेन्ट हन्ट’बाट ‘आइकोनिक’ खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment