यू–१९ एसिया कप खेल्न नेपाली टोली यूएई प्रस्थान

डिसी नेपाल
११ मंसिर २०८१ १४:१५
152
Shares

काठमाडौं । एसीसी यू–१९ एसिया कप खेल्न नेपाली टोली मंगलबार यूएई प्रस्थान गरेको छ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद‍्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बिदाइ गरेका छन्।

हेमन्त धामीको कप्तानीमा रहेको १५ सदस्यीय टोली एसीसी यू–१९ एसिया कप खेल्न यूएई प्रस्थान गरेको हो। यू–१९ एसिया कप यूएईमा नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म सञ्चालन हुनेछ।

नेपालले पहिलो खेल नोभेम्बर २९ मा श्रीलंकासँग, दोस्रो खेल डिसेम्बर १ मा बंगलादेशसँग र समूहको अन्तिम खेल डिसेम्बर ३ मा अफगानिस्तानसँग खेल्नेछ।

नेपाली टोलीको उपकप्तानमा अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापा मगर, मयान यादव, नरेन साउद, युनिस विक्रक सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव छन्। युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, प्रजित पौडेल, अविशेष तिवारी र रन्जित कुमार टोलिमा सामेल छन्।

टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *